गोरखा । प्रादेशिक जनस्वास्थ्य केन्द्रको आयोजनामा तथा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको समन्वयमा सञ्चालन गरिएको खोपसम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ।
वैशाख २० देखि २४ गतेसम्म सञ्चालन भएको पाँचदिने तालिममा गोरखाका विभिन्न स्थानीय तहबाट सहभागी स्वास्थ्यकर्मीको सहभागिता रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।
तालिममा नियमित खोप कार्यक्रमको प्रभावकारी सञ्चालन, सुरक्षित खोप सेवा प्रवाह, कोल्ड चेन व्यवस्थापन, खोपको गुणस्तर सुनिश्चितता तथा समुदायमा खोपप्रतिको विश्वास अभिवृद्धि गर्ने विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यालयका अनुसार तालिमले स्वास्थ्यकर्मीको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, समुदायमा गुणस्तरीय खोप सेवा विस्तार र बालबालिकाको स्वास्थ्य संरक्षणमा तालिम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयले तालिम सफल बनाउन सहयोग पुर्याउने प्रादेशिक जनस्वास्थ्य केन्द्र, प्रशिक्षक, सहभागी स्वास्थ्यकर्मी तथा सम्बन्धित समन्वयकारी निकायप्रति आभार व्यक्त गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण