logo

बुधबार, भाद्र ३ २०८३

kantipurpationlinetv

२०८३ भाद्र ३ बुधबार

आँपपिपल अस्पतालमा ऐतिहासिक उपलब्धि, पहिलो पटक पोस्टमार्टम सेवा सफलतापूर्वक सम्पन्न

आँपपिपल अस्पतालमा ऐतिहासिक उपलब्धि, पहिलो पटक पोस्टमार्टम सेवा सफलतापूर्वक सम्पन्न


  • आइतबार, जेष्ठ २४ २०८३
  • 3.2K
    SHARES

    गोरखा: आँपपिपल अस्पतालमा पहिलो पटक पोस्टमार्टम (शव परीक्षण) सेवा सफलतापूर्वक सम्पन्न गरिएको छ। वैशाख १५ गतेदेखि सञ्चालनमा आएको उक्त सेवा अन्तर्गत मिति २०८३/०२/२३ गते पहिलो केस सम्पन्न भएको अस्पतालले जनाएको छ।

    अस्पतालका अनुसार अब स्थानीय स्तरमै पोस्टमार्टम सेवा उपलब्ध भएसँगै कानुनी तथा मेडिको–लीगल प्रक्रिया सहज हुने भएको छ। यसअघि यस्ता सेवाका लागि बिरामीका आफन्त तथा सम्बन्धित निकायले टाढा जानुपर्ने बाध्यता थियो।

    सेवा सुरु भएसँगै आपत्कालीन अवस्थामा समय, खर्च र प्रशासनिक झन्झट कम हुने अपेक्षा गरिएको छ। अस्पतालले यसलाई ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण प्रगति भएको बताएको छ।

    यस सेवामा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभात सिंह राजपूतको नेतृत्वमा मेडिको–लीगल प्रशिक्षित मेडिकल अधिकृतहरू डा. नवीन श्रेष्ठ, डा. कुशल मराहट्टा र डा. ईशा जी.सी. संलग्न थिए। साथै नर्सिङ अफिसर सुनिता थापा र मर्चुरी सहायक लालध्वज गुरुङको समेत सहयोग रहेको अस्पतालले जनाएको छ।

    अस्पताल प्रशासनले आगामी दिनमा थप सेवा विस्तार गर्दै अस्पताललाई अझ जनमुखी र सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page