logo

बुधबार, साउन १३ २०८३

kantipurpationlinetv

२०८३ साउन १३ बुधबार

बेसीशहर नगरपालिका ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका’ घोषणा

बेसीशहर नगरपालिका ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका’ घोषणा


  • सोमबार, जेष्ठ ११ २०८३
  • 1.3K
    SHARES

    लमजुङ। बेसीशहर नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका’ घोषणा गरिएको छ। नगरभित्र खोप पाउनुपर्ने सबै लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सम्पूर्ण आवश्यक खोप प्राप्त गरेपछि उक्त घोषणा गरिएको हो।

    नगर खोप समन्वय समितिका अध्यक्ष तथा नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सोमबार औपचारिक रूपमा बेसीशहर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेको हो।

    स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराका अनुसार नगरपालिकामा जन्मदेखि १५ महिनासम्मका ४३७ जना र १६ देखि ५९ महिनासम्मका ९९९ जना बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेका छन्।

    कार्यक्रममा नगरउपप्रमुख पद्मा गुरुङ, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, स्वास्थ्य शाखाका कर्मचारी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

    नगरप्रमुख अर्यालले सबै वडाका बालबालिकामा खोप सेवाको पहुँच सुनिश्चित भएपछि यो उपलब्धि हासिल भएको बताउँदै आगामी दिनमा पनि पूर्ण खोप दिगोपना कायम राख्न नगरपालिका प्रतिबद्ध रहने उल्लेख गर्नुभयो।

    कार्यक्रममा सहभागीहरूले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै सामूहिक रूपमा हस्ताक्षर समेत गरेका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page