logo

सोमबार, साउन ११ २०८३

kantipurpationlinetv

२०८३ साउन ११ सोमबार

भुजुङमा निःशुल्क आँखा शिविर सम्पन्न, ६५८ जना लाभान्वित

भुजुङमा निःशुल्क आँखा शिविर सम्पन्न, ६५८ जना लाभान्वित


  • बिहिबार, कार्तिक २० २०८२
  • 1.3K
    SHARES

    लमजुङ। क्व्होलासोंथार गाउँपालिका–४ भुजुङमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ६५८ जना लाभान्वित भएका छन्। गाउँपालिकाको आयोजना तथा विभिन्न संस्थाको सहकार्यमा तीन दिनसम्म भुजुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ७८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।

    शिविरमा आँखा परीक्षण गराएका सेवाग्राहीमध्ये मोतियाबिन्दुको समस्या देखिएका ७८ जनाको निःशुल्क शल्यक्रिया गरिएको तथा ३७५ जनालाई चस्मा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक त्रिलोकचन्द्र गुरुङले जानकारी दिनुभयो। साथै आँखा सम्बन्धी विभिन्न समस्या भएका सेवाग्राहीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको उहाँले बताउनुभयो।

    “उज्यालो आँखा : उज्यालो जीवन” भन्ने नारासहित सञ्चालन गरिएको शिविरले विशेषगरी ग्रामीण भेगका ज्येष्ठ नागरिक तथा दृष्टिदोष भएका व्यक्तिलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो। उहाँले यस्ता स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।

    शिविर मुटु फाउन्डेसन नेपाल, मनोज एसोसिएसन फ्रान्स र रोटरी क्लब हिमालयन गल्फर्सको संयुक्त व्यवस्थापन तथा हिमालय आँखा अस्पताल, पोखरा र आई केयर फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो।

    शिविरमा आँखा रोग विशेषज्ञसहितको स्वास्थ्यकर्मी टोलीले सेवा प्रदान गरेको थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कर्मचारी, मुटु फाउन्डेसन नेपालका संस्थापक धनबहादुर गुरुङ, सहयोगी संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page