गोरखा । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गतको प्रदेश अस्पताल गोरखाले भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा परेकाले आगामी असार २९ गते सोमबार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द रहने जनाएको छ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै गण्डकी प्रदेश सरकारले प्रदेश राजपत्रमार्फत भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा घोषणा गरेकाले उक्त दिन ओपीडी सेवा सञ्चालन नहुने उल्लेख गरिएको छ।
यद्यपि, आकस्मिक (इमर्जेन्सी) सेवा तथा अन्तरङ्ग (भर्ना भएका बिरामीको उपचार) सेवा भने चौबीसै घण्टा नियमित रूपमा सञ्चालन हुने अस्पतालले जनाएको छ।
अस्पतालले सर्वसाधारण तथा सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवा लिन आउँदा उक्त व्यवस्थालाई ध्यानमा राख्न आग्रह गरेको छ। साथै, आकस्मिक उपचार तथा भर्ना भएका बिरामीको उपचार सेवामा कुनै अवरोध नआउने स्पष्ट पारेको छ।
यो सूचना प्रदेश अस्पताल गोरखा प्रशासनद्वारा सर्वसाधारण तथा सम्बन्धित सबैको जानकारीका लागि जारी गरिएको हो।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु