गोरखा — एनपीआई गोरखा अस्पताल र गोरखाका दुई बचत तथा ऋण सहकारी संस्थाबीच सदस्यहरूलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौतामा एनपीआई गोरखा अस्पतालका मेडिकल डाइरेक्टर डा. संगम बाबु श्रेष्ठ, गोरखा नगरपालिका–९ स्थित गोरखाकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुजन कुँवर तथा गोरखा नगरपालिका–७ स्थित श्री हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबाबु श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार दुवै सहकारी संस्थामा आबद्ध ५ हजारभन्दा बढी बचतकर्ता तथा सदस्यहरूले अब एनपीआई गोरखा अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत तथा छुट सुविधा प्राप्त गर्नेछन्।
अस्पतालका अनुसार उक्त सहकार्यले सहकारी सदस्यहरूलाई गुणस्तरीय, सहज र सुलभ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै स्वास्थ्य उपचारको आर्थिक भार न्यूनीकरण गर्दै समयमै उपचार सेवा लिन सदस्यहरूलाई प्रोत्साहन पुग्ने विश्वास अस्पतालले व्यक्त गरेको छ।
अस्पताल र दुवै सहकारी संस्थाबीच भएको यस सहकार्यले समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै सदस्यहरूको स्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्झौतापछि दुवै पक्षले आवश्यकताअनुसार स्वास्थ्य सचेतनामूलक कार्यक्रम, निःशुल्क तथा सहुलियत स्वास्थ्य परीक्षणलगायत समुदाय लक्षित स्वास्थ्य गतिविधिमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण