गोरखा — एनपीआई गोरखा अस्पताल र रोटरी क्लब अफ बज्र मनास्लु गोरखाबीच स्वास्थ्य सेवामा सहकार्य तथा सहुलियत प्रदान गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सोमबार आयोजित एक कार्यक्रममा एनपीआई गोरखा अस्पतालका मेडिकल डाइरेक्टर डा. संगम बाबु श्रेष्ठ र रोटरी क्लब अफ बज्र मनास्लु गोरखाका अध्यक्ष बिनोद अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार रोटरी क्लबका सदस्य तथा उनीहरूका परिवारले एनपीआई गोरखा अस्पतालबाट उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत तथा छुट सुविधा प्राप्त गर्नेछन्।
अस्पतालका अनुसार उक्त सहकार्यले समुदायमा गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै स्थानीय समुदायलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन दुवै संस्थाले संयुक्त रूपमा विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्।
सम्झौतापछि आगामी दिनमा स्वास्थ्य परीक्षण शिविर, स्वास्थ्य सचेतनामूलक अभियान, सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम तथा अन्य जनस्वास्थ्यका गतिविधि संयुक्त रूपमा सञ्चालन गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।
हस्ताक्षर कार्यक्रममा अस्पताल तथा रोटरी क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल