logo

सोमबार, साउन ११ २०८३

kantipurpationlinetv

२०८३ साउन ११ सोमबार

एनपीआई गोरखा अस्पताल र रोटरी क्लब अफ बज्र मनास्लु गोरखाबीच स्वास्थ्य सेवामा सहकार्य सम्झौता

एनपीआई गोरखा अस्पताल र रोटरी क्लब अफ बज्र मनास्लु गोरखाबीच स्वास्थ्य सेवामा सहकार्य सम्झौता


  • सोमबार, असार ८ २०८३
  • 63
    SHARES

    गोरखा — एनपीआई गोरखा अस्पताल र रोटरी क्लब अफ बज्र मनास्लु गोरखाबीच स्वास्थ्य सेवामा सहकार्य तथा सहुलियत प्रदान गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

    सोमबार आयोजित एक कार्यक्रममा एनपीआई गोरखा अस्पतालका मेडिकल डाइरेक्टर डा. संगम बाबु श्रेष्ठ र रोटरी क्लब अफ बज्र मनास्लु गोरखाका अध्यक्ष बिनोद अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

    सम्झौताअनुसार रोटरी क्लबका सदस्य तथा उनीहरूका परिवारले एनपीआई गोरखा अस्पतालबाट उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत तथा छुट सुविधा प्राप्त गर्नेछन्।

    अस्पतालका अनुसार उक्त सहकार्यले समुदायमा गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै स्थानीय समुदायलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन दुवै संस्थाले संयुक्त रूपमा विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्।

    सम्झौतापछि आगामी दिनमा स्वास्थ्य परीक्षण शिविर, स्वास्थ्य सचेतनामूलक अभियान, सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम तथा अन्य जनस्वास्थ्यका गतिविधि संयुक्त रूपमा सञ्चालन गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।

    हस्ताक्षर कार्यक्रममा अस्पताल तथा रोटरी क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page