गोरखा — एनपिआई गोरखा अस्पताल प्रा.लि. र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, गोरखा शाखाबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौतामा दुवै संस्थाका प्रतिनिधिले हस्ताक्षर गर्दै बीमित सेवाग्राहीलाई गुणस्तरीय, सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। सम्झौताअनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सका बीमित ग्राहकहरूले एन.पि.आई. गोरखा अस्पतालबाट उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत तथा छुट सुविधा प्राप्त गर्नेछन्।
यसैबीच, एन.पि.आई. गोरखा अस्पताल र बैंकर्स एसोसिएसन गोरखाबीच पनि स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धमा छुट्टै समझदारी भएको छ। उक्त सम्झौताअनुसार बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी तथा एसोसिएसनमा आबद्ध सदस्यहरूले अस्पतालका विभिन्न स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत सुविधा पाउनेछन्।
अस्पताल व्यवस्थापनका अनुसार यस्ता सहकार्यले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्नुका साथै गुणस्तरीय उपचार सेवालाई थप सहज र सर्वसुलभ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
अस्पतालले आगामी दिनमा पनि विभिन्न बीमा कम्पनी, वित्तीय संस्था तथा संघ–संगठनसँग सहकार्य विस्तार गर्दै सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण