गोरखा: अविरल वर्षापछि आएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गमा एक तीनतले पक्की घर बगाउँदा पूर्ण रूपमा क्षति भएको छ। घटनामा एक जना घाइते भएका छन् भने अर्को एक पक्की घरमा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार स्थानीय मानसिंह गुरुङको तीनतले पक्की घर आइतबार बिहान पहिरोले जगबाटै बगाउँदा करिब २० मिटर तल खसेर पूर्ण रूपमा ध्वस्त भएको हो।
पहिरा जाँदा घरभित्र रहेका रौतहटको कटहरिया नगरपालिका–७ घर भएका ५८ वर्षीय टोखान महतो घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ।
घटनामा नजिकै रहेको अर्को एक पक्की घरमा पनि आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा सुरक्षा टोली खटिएर थप क्षतिको विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला