गोरखा: अविरल वर्षापछि आएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गमा एक तीनतले पक्की घर बगाउँदा पूर्ण रूपमा क्षति भएको छ। घटनामा एक जना घाइते भएका छन् भने अर्को एक पक्की घरमा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार स्थानीय मानसिंह गुरुङको तीनतले पक्की घर आइतबार बिहान पहिरोले जगबाटै बगाउँदा करिब २० मिटर तल खसेर पूर्ण रूपमा ध्वस्त भएको हो।
पहिरा जाँदा घरभित्र रहेका रौतहटको कटहरिया नगरपालिका–७ घर भएका ५८ वर्षीय टोखान महतो घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ।
घटनामा नजिकै रहेको अर्को एक पक्की घरमा पनि आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा सुरक्षा टोली खटिएर थप क्षतिको विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
बूढीगण्डकी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह