logo

शुक्रबार, साउन २९ २०८३

kantipurpationlinetv

२०८३ साउन २९ शुक्रबार

सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वस्त छु : शेरबहादुर देउवा

सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वस्त छु : शेरबहादुर देउवा


  • शुक्रबार, साउन २९ २०८३
  • 56
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताउनुभएको छ ।

    शुक्रबारदेखि सुरु भएको कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्र पछिल्लो समय विवाद बढेको भन्दै विशेष महाधिवेशनका नाममा विधि, विधान र पद्धति मिच्ने काम भएको आरोप लगाउनुभयो ।

    ‘लामो इतिहास बोकेको नेपाली कांग्रेस पार्टीभित्र अहिले चरम विवाद बढेको छ । विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान र पद्धति मिच्ने काम भएको छ,’ देउवाले भन्नुभयो ।

    पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा पुनरावलोकनको अवस्थामा रहेकाले यसबारे थप टिप्पणी गर्न नचाहेको उहाँले बताउनुभयो ।

    ‘यो विषय सर्वोच्च अदालतबाट पुनरावलोकनको अवस्थामा रहेकाले थप टिप्पणी गर्न चाहन्नँ । तर सर्वोच्च अदालतबाट हामीलाई न्याय हुने कुरामा म पूर्ण विश्वस्त छु,’ देउवाले भन्नुभयो ।

    देउवाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै नेपाली कांग्रेसको एकता र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनुपर्नेमा समेत जोड दिनुभएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page