काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फर्किएकोमा स्वागत गरेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकको सुरुआत गर्दै सभापति थापाले देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वागत गरेका हुन् ।
बैठकमा थापाले भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु ।’
करिब साढे पाँच महिनाको विदेश बसाइपछि देउवा बिहीबार स्वदेश फर्किएका हुन् । काठमाडौं ओर्लिएलगत्तै उनले विशेष वक्तव्य जारी गर्दै पार्टीभित्र एकता कायम गर्न आह्वान गरेका थिए ।
देउवाले पार्टीमा देखिएको असहमति र निराशालाई तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
देउवाको स्वदेश फिर्तीपछि कांग्रेसको केन्द्रीय समिति बैठकमा समेत उनको स्वागत गर्दै पार्टीभित्रको एकता र सहकार्यलाई प्राथमिकता दिने सन्देश सभापति थापाले दिएका छन् ।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला