काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फर्किएकोमा स्वागत गरेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकको सुरुआत गर्दै सभापति थापाले देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वागत गरेका हुन् ।
बैठकमा थापाले भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु ।’
करिब साढे पाँच महिनाको विदेश बसाइपछि देउवा बिहीबार स्वदेश फर्किएका हुन् । काठमाडौं ओर्लिएलगत्तै उनले विशेष वक्तव्य जारी गर्दै पार्टीभित्र एकता कायम गर्न आह्वान गरेका थिए ।
देउवाले पार्टीमा देखिएको असहमति र निराशालाई तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
देउवाको स्वदेश फिर्तीपछि कांग्रेसको केन्द्रीय समिति बैठकमा समेत उनको स्वागत गर्दै पार्टीभित्रको एकता र सहकार्यलाई प्राथमिकता दिने सन्देश सभापति थापाले दिएका छन् ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना