logo

बिहिबार, साउन २८ २०८३

kantipurpationlinetv

२०८३ साउन २८ बिहिबार

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो


  • बिहिबार, साउन २८ २०८३
  • 1.2K
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा अनुगमन गर्दा ठूलो परिमाणमा ग्यास मौज्दात राखिएको पाइएको छ ।

    विभागका अनुसार होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका गरी १८४ वटा सिलिन्डर फेला परेका छन् । बजारमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहेको भए पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले होटल तथा व्यावसायिक प्रतिष्ठानमा निगरानी बढाएको थियो ।

    सोही क्रममा गरिएको अनुगमनमा होटल रेडिसनमा नेपाल ग्यासका ११७ वटा भरिएका सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर फेला परेको विभागले जनाएको छ ।

    त्यस्तै, होटलका चुलोमा करिब ७० वटा ग्यास सिलिन्डर प्रयोग भइरहेको समेत अनुगमनका क्रममा पाइएको विभागको भनाइ छ ।

    बजारमा उपभोक्ताले ग्यास अभाव झेलिरहेका बेला होटलमा ठूलो परिमाणमा ग्यास मौज्दात राखिएको पाइएपछि सम्बन्धित होटलमाथि आवश्यक कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार बजारमा पर्याप्त ग्यास हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्न होटल, व्यावसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथिको निगरानी थप कडाइ गरिनेछ ।

    विभागले बजारमा ग्यासको आपूर्ति अवस्था, मौज्दात तथा वितरण प्रणालीबारे समेत अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page