काठमाडौं — लोकप्रिय गायक तथा सर्जक बद्रि पंगेनीको नयाँ तीज गीत ‘पाल्पाली कान्छो’ भर्खरै सार्वजनिक भएको छ। लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय बद्रि पंगेनी निरन्तर नयाँ गीतसहित दर्शक–श्रोतामाझ आइरहेका छन्।
यसपटक उनले तीजको अवसरलाई लक्षित गर्दै उत्कृष्ट नृत्यसहितको तीज गीत सार्वजनिक गरेका छन्। गीतमा बद्रि पंगेनी र रचना रिमालको स्वर रहेको छ भने शब्द शिव अखेलीले लेखेका छन्। लय बाबु कृष्ण परियारको रहेको गीतको निर्देशन लोकप्रिय निर्देशक शंकर विसीले गरेका हुन्, जो हालै अमेरिकाबाट नेपाल फर्किएका छन्।
गीतमा अभिनेत्री रविना भण्डारीले अभिनय गरेर भिडियोलाई थप आकर्षक बनाएकी छिन्। उक्त गीत बद्रि पंगेनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण