लमजुङ — क्व्होलासोंथार गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अन्तर्गत “तेस्रो अध्यक्ष कप” फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। कार्यक्रम युवा तथा खेलकुद समिति, क्व्होलासोंथार गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका प्रमुख डिल्लिराज भट्टले पालामा बत्ती बालेर गरेका हुन्। कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्यबहादुर गुरुङ, उपाध्यक्ष गमिमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, शिक्षा शाखा प्रमुख दिपक पौडेल, वडाअध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन समारोहमा प्रमुख अतिथि भट्टले घले गाउँ जस्तो स्वर्गसमान ऐतिहासिक स्थलमा प्रतियोगिता आयोजना भएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए। उनले खेलकुदले युवाहरूलाई अनुशासित बनाउने, स्वास्थ्य सुधार गर्ने र राष्ट्रको गौरव बढाउने महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे। साथै, खेलकुदले खेलाडी, जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने धारणा व्यक्त गरे। उनले आन्तरिक तथा बाह्य पर्यटनले देशको आर्थिक विकासमा ठूलो योगदान पुर्याउने समेत बताए।
गाउँपालिका अध्यक्ष गुरुङले पनि प्रतियोगिताले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए।
प्रतियोगितामा पुरुषतर्फ ९ वटा वडाका टोलीहरू सहभागी छन् भने महिलातर्फ ७ वटा टोलीको सहभागिता रहेको छ। प्रतियोगिता आजदेखि सुरु भई यही चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ।
पुरुषतर्फ प्रथम पुरस्कार १ लाख रुपैयाँ तथा दोस्रो पुरस्कार ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रदान गरिनेछ। महिलातर्फ प्रथम पुरस्कार ५० हजार र दोस्रो पुरस्कार २५ हजार रुपैयाँ राखिएको छ।
उद्घाटन खेलमा प्रमुख अतिथि भट्टले रेफ्रीलाई बल हस्तान्तरण गरेपछि वडा नं. ८ र वडा नं. ९ बीचको प्रतिस्पर्धाबाट प्रतियोगिता स्वर्गभूमि रंगशाला, घलेगाउँमा सुरु भएको छ ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड