लमजुङ । राइनास नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै अध्ययन गराउन आग्रह गरेको छ।
नगर कार्यपालिकाको २०८२ चैत २५ गते बसेको बैठकले गरेको निर्णयअनुसार नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आगामी शैक्षिक सत्र २०८३ देखि सम्बन्धित सबै जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध गरेको हो।
नगरपालिकाका अनुसार यस निर्णयको उद्देश्य सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास अभिवृद्धि गर्नु, शैक्षिक गुणस्तर सुधार गर्नु तथा सार्वजनिक शिक्षाप्रति सरोकारवालाको जिम्मेवारी थप सुदृढ बनाउनु हो।
नगर शिक्षा अधिकारी पूर्णबहादुर नेपालीले यो कदमले विद्यालय सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार नीति निर्माण र कार्यान्वयनमा संलग्न व्यक्तिहरूकै सन्तान सामुदायिक विद्यालयमा अध्ययन गरेमा शिक्षाको गुणस्तर सुधारतर्फ थप ध्यान केन्द्रित हुन सक्नेछ।
राइनास नगरपालिकाले “कृषि, पर्यटन, शिक्षा र वातावरणमैत्री शहर” निर्माण गर्ने लक्ष्यअनुसार शिक्षा क्षेत्रमा विभिन्न सुधारात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड