
काठमाडौं – आज पाटन दरबार स्क्वायर क्षेत्रमा ‘कोरा साइकल च्यालेन्ज’ र्याली आयोजना गरिएको छ। हजारौं साइकलप्रेमीहरु सहभागी सो र्याली पाटन दरबार प्राङगणबाट सुरु भई विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गरिएको छ ।
त्यस्तै ‘काठमाडौं कोरा साइकल च्यालेन्ज’मा उपत्यकाका प्रमुख धार्मिक तीर्थस्थलहरु स्वयम्भु, खास्ती चैत्य (बौद्ध स्तुपा) र पशुपतिनाथको परिक्रमा गरिन्छ।
‘काटमाण्डौँ कोरा’मा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहका ‘साइकल राइड’ तय गरिएको हुन्छ। ५० किलोमिटरमा सहभागी हुनेलाई एमेच्योर राइडर भनिन्छ। त्यस्तै ७५ र १०० किलोमिटरको समूहमा भने परिपक्व एवं व्यवसायिक साइकल चालकहरू सहभागी हुन्छन्।
पाटन दरबारबाट शुरु हुने यात्राको रुटमा किर्तिपुर,चोभार,नैकाप, स्युचाटार, स्वम्भु पछाडिको बाटो हुँदै नागार्जुन जंगलको छेउछाउको बस्तीहरू हुँदै बालाजु, मनमैजु, धापासी, बुढानिलकण्ठ, कपन, बौद्ध, पशुपति, गुहेश्वरी, सिनामंगल, एयरपोर्ट, कोटेश्वर हुँदै पुनः पाटन दरबारमा पुगेर टुङ्गिएको छ।
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
गायिका शान्तीकुमारी शाही फाउण्डेसनको आजीवन सदस्य बन्दै भक्तजनहरुलाई देउडामा छमछमी नचाइन्
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित
-
गायक प्रकाश कटुवालको नयाँ गीत ‘जर्सी गाईको दूध’ सार्वजनिक