गोरखा: गाउँका बालबालिकालाई आफ्नै गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यसहित छेकम्पारस्थित बुद्ध आधारभूत विद्यालयलाई चुमनुब्री गाउँपालिका–७, लामागाउँस्थित चुमगुम्बामा स्थानान्तरण गरिएको छ।
गुम्बाले निर्माण गरेको कक्षाकोठा भवन, छात्रावास, भान्साघर तथा शौचालयलगायतका भौतिक संरचनाको सोमबार गाउँपालिका अध्यक्ष निमा लामाले औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा अध्यक्ष लामाले हिमाली दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक विकासमा चुमगुम्बाले पुर्याएको योगदानको प्रशंसा गर्दै छेकम्पार, चुम्चेतलगायतका टाढा–टाढाका बस्तीका बालबालिकालाई समेत समेटेर पठनपाठन सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
चुमगुम्बाले यसअघि केही वर्षदेखि करुणा विद्यालय सञ्चालन गर्दै आएको थियो। हाल अमेरिकास्थित जोसेफ फर डिग्निटी नामक संस्थाको सहयोगमा बुद्ध आधारभूत विद्यालयलाई आवश्यक संरचना निर्माण गरी औपचारिक रूपमा स्थानान्तरण गरिएको हो।
गुम्बाका प्रमुख लामा पासाङफुञ्जो लामाका अनुसार हाल करिब ४२ जना बालबालिकाले आवासीय सुविधासहित अध्ययन गरिरहेका छन्। उनीहरूलाई निःशुल्क खाना, बसोबास, शैक्षिक सामग्री तथा विद्यालय पोशाक उपलब्ध गराइएको छ।
निःशुल्क आवासीय शिक्षा र आवश्यक सामग्री उपलब्ध भएपछि अभिभावकहरू आफ्ना बालबालिकालाई गाउँमै अध्ययन गराउन उत्साहित हुने अपेक्षा गरिएको बुद्ध माविका प्रधानाध्यापक छिरिङफुञ्जो लामाले बताएका छन्।
हाल उक्त विद्यालयमा करुणा विद्यालयतर्फ ४ जना र बुद्ध आधारभूत विद्यालयतर्फ ४ जना गरी कुल ८ जना शिक्षक कार्यरत छन्।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी