काठमाडौं- यस वर्षको ‘ग्लोबल हिरो अवार्ड’ नेपालका ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ।
यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित समारोहमा प्रदान गरिनेछ।
ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिलाई यो सम्मान दिने गरेको छ ।
यस वर्ष विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक घिसिङलाई उनीहरूको योगदानका लागि प्रदान गर्न लागिएको हो। शाही युवा नेता र सामाजिक अभियन्ताका रूपमा परिचित छन् । उनले भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको वकालत र जनजीविकाका सवालहरूमा आवाज उठाउँदै आएका छन् ।
त्यसैगरी, कुलमान नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक हुन् । जसलाई नेपालमा लोडसेडिङ अन्त्यको श्रेय दिइन्छ।
उनकै नेतृत्वमा नेपालले दशकौँ लामो लोडसेडिङबाट मुक्ति पाएको थियो। घिसिङको यो योगदानले नेपालीको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ ।
न्यूयोर्कमा आयोजना हुने यो कार्यक्रममा नेपाली डायस्पोरासहित विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति हुने अपेक्षा छ।
ग्लोबल नेपालीले नेपालका प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई कदर गर्दै आएको छ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री