logo

बिहिबार, असार ११ २०८३

kantipurpationlinetv

२०८३ असार ११ बिहिबार

मर्स्याङ्दी गाउँपालिकाद्वारा २५ खेलाडी सम्मानित, नगदसहित खेल सामग्री प्रदान

मर्स्याङ्दी गाउँपालिकाद्वारा २५ खेलाडी सम्मानित, नगदसहित खेल सामग्री प्रदान


  • बिहिबार, असार ११ २०८३
  • 3.9K
    SHARES

    लमजुङ । मर्स्याङदी गाउँपालिकाले पालिकाभित्रका फुटबल तथा भलिबल खेलाडीहरूलाई सम्मान तथा प्रोत्साहन गरेको छ ।

    आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार सञ्चालन गरिएको फुटबल तथा भलिबल खेलाडी सम्मान तथा प्रोत्साहन कार्यक्रमअन्तर्गत खेलाडीहरूलाई सम्मान गरिएको हो ।

    गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रको विकास, युवाहरूको क्षमता अभिवृद्धि तथा अनुशासित र स्वस्थ समाज निर्माणमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि खेलाडीहरूको मनोबल उच्च राख्न गाउँपालिकाले आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा मर्स्याङदी गाउँपालिकाका स्थायी बासिन्दा भई नियमित रूपमा फुटबल तथा भलिबल खेलमा आबद्ध खेलाडीहरूलाई सम्मान गरिएको थियो । गाउँपालिका, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका तथा मर्स्याङदी कप, वडा स्तरीय अन्डर–१९ फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता लगायतका खेलकुद गतिविधिमार्फत खेल क्षेत्रको विकासमा योगदान पुर्‍याएका खेलाडीहरूको योगदानको कदर गर्दै सम्मान तथा प्रोत्साहन गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलका अनुसार खेलाडीहरूको सम्मान, प्रतिभाको संरक्षण तथा खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै कार्यक्रम सञ्चालन गरिएको हो ।

    गाउँपालिका अध्यक्षका स्वकीय सचिव प्रदीप गुरुङका अनुसार पालिकाभित्रका २५ जना खेलाडीलाई जनही १० हजार रुपैयाँ नगद तथा १० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गरिएको छ । खेलाडीहरूको मनोबल अभिवृद्धि, प्रतिभाको संरक्षण तथा उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

    गाउँपालिकाको राष्ट्रकवि माधवप्रसाद घिमिरे बैठक कक्षमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, जिल्ला तथा पालिका खेलकुद विकास समितिका पदाधिकारी, खेलप्रेमी तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    गाउँपालिकाले खेलाडीहरूको सम्मान र प्रोत्साहनमार्फत स्थानीय खेलकुद क्षेत्रको विकास तथा युवा प्रतिभाको संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page