काठमाडौं । सिंहदरबार परिसरमा जथाभावी पार्किङ हुने गरेको विषय सार्वजनिक भएपछि ट्राफिक प्रहरीले नियमविपरीत पार्किङ गरिएका सवारीसाधनविरुद्ध कारबाही सुरु गरेको छ।
मंगलबार सिंहदरबारभित्र फुटपाथदेखि सडकसम्म अव्यवस्थित रूपमा सवारी पार्किङ गरिएको तस्बिरसहित समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले तत्काल अनुगमन तथा कारबाही थालेको हो।
कारबाहीका क्रममा ट्राफिक प्रहरीले नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमा ह्विल लक लगाउँदै चालकलाई ट्राफिक नियमको पालना गर्न निर्देशन दिएको छ।
सिंहदरबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र भएकाले यहाँ ट्राफिक व्यवस्थापन र पार्किङ अनुशासन प्रभावकारी बनाउन नियमित अनुगमन तथा आवश्यक कारबाहीलाई निरन्तरता दिइने ट्राफिक प्रहरीको तयारी रहेको जनाइएको छ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने
-
सचिन भट्टराईको नयाँ तीज गीत ‘मलाई नेपाल बस्नै मन थिएन, एम्बेसीले भिसा दिएन’ को छायांकन सम्पन्न
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू