काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६ मा इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले बैंकलाई उक्त सम्मान प्रदान गरेको हो। बैंकका सञ्चालक मलय मुखर्जीले शुक्रबार आयोजित समारोहमा अवार्ड ग्रहण गरेका हुन्।
बैंकका अनुसार ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाको निरन्तर सहयोगका कारण यो उपलब्धि हासिल भएको हो। उक्त सम्मानले बैंकिङ सेवा र नवप्रवर्तनलाई अझ प्रभावकारी बनाउने प्रेरणा मिल्ने बैंकको विश्वास छ।
बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हुनु गौरवको विषय भएको बताउँदै ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।
यस वर्षको अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू सहभागी थिए। आईसीसी भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था हो, जसले बैंकिङ तथा व्यावसायिक क्षेत्रमा उत्कृष्ट संस्थाहरूलाई सम्मान गर्दै आएको छ।
यसअघि पनि नबिल बैंकले युरोमनी अवार्ड्स फर एक्सिलेन्स अन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधि प्राप्त गरेको थियो। ती अवार्ड बैंकको वित्तीय सुदृढता, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताका आधारमा प्रदान गरिएको थियो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णय फिर्ता लिन रात्रिकालीन व्यवसायीको माग
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन