काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्।
शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन्। उपाधिसँगै उनले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्।
उपाधि जितेपछि प्रतिक्रिया दिँदै सुवासनाले आफूले टिम वाङ्देनलाई जसरी पनि जिताउनुपर्छ भन्ने सोचका साथ प्रतिस्पर्धा गरेको बताइन्।
पहिलोपटक ‘भ्वाइस किड्स’मा कोच बनेका वाङ्देन शेर्पाले सुवासनाको जितलाई सपनाजस्तो महसुस भएको बताए।
‘नाम घोषणा गर्दा सपनाजस्तो फिल भएको छ। यो जित सुवासनाको हो,’ उनले भने, ‘जसले भोट गर्नुभयो, उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु।’
ग्रान्ड फिनालेमा सुवासनासहित ८ जना प्रतियोगी उपाधिका लागि प्रतिस्पर्धामा थिए।
फिनालेमा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोका प्रतिस्पर्धामा थिए।
ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रमका क्रममा होस्ट सुशील नेपालले ‘भ्वाइस अफ नेपाल’ सिजन ८ पनि चाँडै दर्शकमाझ आउने जानकारी दिएका थिए।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला
-
कक्षा १२ सम्मका विद्यार्थीलाई हिमालयन कम्युनिटी प्रोजेक्टको नि:शुल्क हाइकिङ