२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन् ।
बुधबार मात्रै काठमाडौं फर्किएका देउवा बिहीबार काठमाडौंमा आयोजित इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका हुन् । जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि उपचारका लागि विदेश गएका देउवा लामो समयपछि नेपाल फर्किएलगत्तै पार्टीभित्रको पछिल्लो राजनीतिक गतिविधिमा सहभागी भएका हुन् ।
देउवा गत १३ फागुनको राति उपचारका लागि सिंगापुर गएका थिए । त्यसपछि ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए । उपचारपछि उनी बुधबार काठमाडौं फर्किएका हुन् ।
कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो । भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा. कोइराला पक्षका नेता–कार्यकर्ताको सहभागिता रहेको छ ।
पार्टीभित्र पछिल्लो समय देखिएको विवाद, संगठनात्मक अवस्था तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गर्न भेला आयोजना गरिएको नेताहरूले बताएका छन् ।
काठमाडौंस्थित मिराकल पार्टी प्यालेसमा जारी भेलामा कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । देउवाको सहभागितालाई इतर पक्षको भेलामा विशेष चासोका रूपमा हेरिएको छ ।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला