धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार भट्टले नेकपा (एमाले)को समर्थनमा सरकार गठनका लागि दाबी पेस गरेका थिए। संविधानको धारा १६८ को उपधारा (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। नेकपासँग २० र एमालेसँग ११ सांसद रहेका छन् । दुवै दलका सांसद जोड्दा ३१ जना पुग्छन् ।
एमालेको समर्थनसँगै भट्टले प्रदेशसभामा आवश्यक बहुमत जुटाएका हुन्। मुख्यमन्त्री नियुक्त भएसँगै अब उनले प्रदेश सरकार गठनको प्रक्रिया अघि बढाउनेछन् ।
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला