काठमाडौं । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका नेपाली व्यवसायी पदमलाल काफ्ले सम्मानित भएका छन् । थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा काफ्लेलाई हस्पिटालिटी तथा व्यवसाय क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो ।
थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसायमार्फत सेवा, रोजगारी तथा व्यावसायिक गतिविधिलाई अघि बढाउँदै आएका काफ्ले विदेशमा नेपाली उद्यमशीलताको पहिचान स्थापित गर्न सफल व्यवसायीका रूपमा चिनिँदै आएका छन् । व्यवसाय सञ्चालनसँगै नेपाल र थाइल्यान्डबीचको व्यावसायिक सम्बन्ध विस्तार तथा नेपालको पर्यटन र पहिचान प्रवर्द्धनमा पुर्याएको योगदानलाई समेत मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा भएको समारोहमा व्यवसाय, पर्यटन, हस्पिटालिटी, सामाजिक सेवा, शिक्षा तथा सञ्चारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
समारोहका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले विदेशमा रहेर नेपाली व्यवसायीले हासिल गरेको सफलता र अन्तर्राष्ट्रिय स्तरमा बनाएको पहिचान नेपालका लागि गौरवको विषय भएको बताए । उनले थाइल्यान्डमा रहेका नेपाली व्यवसायीले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रचार गर्नुपर्नेमा जोड दिए ।
आयोजक संस्था वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले काफ्लेलाई प्रदान गरिएको सम्मान थाइल्यान्डमा नेपाली व्यवसायीले हासिल गरेको सफलता र योगदानको अन्तर्राष्ट्रिय पहिचान भएको बताए । हस्पिटालिटी क्षेत्रमा नेपाली व्यवसायीको बढ्दो उपस्थिति र सफलताले अन्तर्राष्ट्रिय बजारमा अघि बढ्न चाहने नेपाली युवालाई समेत प्रेरणा दिने उनको भनाइ थियो ।
समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की, थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो ।
काफ्लेलाई प्राप्त सम्मानले थाइल्यान्डमा नेपाली व्यवसायीको उपस्थिति र योगदानलाई अन्तर्राष्ट्रियस्तरमा थप उजागर गरेको छ । उनको सफलता विदेशमा रहेर व्यवसायमार्फत नेपाली पहिचान स्थापित गर्न खोजिरहेका नेपाली उद्यमीका लागि प्रेरणाको विषय बनेको छ ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा