काठमाडौं — काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा तारकेश्वर नगरपालिकाले लगातार तेस्रो पटक शिल्ड आफ्नो पक्षमा पार्न सफल भएको छ। यहि बैशाख ८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको समापन समारोह उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीको अध्यक्षता रहेको थियो। साथै प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा प्रमुख सुधिनराज बुढाथोकी, नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्का, शिक्षा समितिका सदस्य राजेन्द्र तिमिल्सिना लगायत विभिन्न क्षेत्रका प्रतिनिधि, शिक्षक, प्रशिक्षक, खेलाडी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा कुल ६६ स्वर्ण, ६० रजत र ८५ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो। जसमध्ये तारकेश्वर नगरपालिकाले ४४ स्वर्ण, २४ रजत र १३ कास्य पदकसहित फराकिलो अग्रता कायम गर्दै पहिलो स्थान हासिल गरेको हो।
त्यसैगरी चन्द्रागिरी नगरपालिका ६ स्वर्ण, १० रजत र २० कास्य पदकसहित दोस्रो स्थानमा रह्यो भने कीर्तिपुर नगरपालिका १ स्वर्ण, १० रजत र १२ कास्य पदकसहित तेस्रो स्थानमा रह्यो।
तारकेश्वर नगरपालिकाले यसअघि १३औँ र १४औँ संस्करणमा पनि उपाधि जित्दै आएको थियो। लगातार तेस्रो पटक शिल्ड जितेसँगै नगरपालिकाले आफ्नो खेलकुद क्षेत्रको निरन्तर उत्कृष्ट प्रदर्शन कायम राखेको छ।
समापन समारोहमा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले विजेता खेलाडीहरूलाई बधाई दिँदै आगामी १६औँ संस्करणका लागि अझ व्यवस्थित तयारी गर्नुपर्नेमा जोड दिइन्। नगर प्रमुख कृष्णहरि महर्जनले भने अनुपस्थित रहे पनि सम्पूर्ण खेलाडीलाई शुभकामना सन्देश पठाएका थिए।
समारोहमा प्रमुख अतिथिहरूले विजेता खेलाडी, प्रशिक्षक तथा खेल संयोजकहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण