logo

बिहिबार, साउन २८ २०८३

kantipurpationlinetv

२०८३ साउन २८ बिहिबार

काङ्ग्रेस पूर्वसभापति देउवा पाँच महिनापछि स्वदेश फिर्ता

काङ्ग्रेस पूर्वसभापति देउवा पाँच महिनापछि स्वदेश फिर्ता


  • बिहिबार, साउन २८ २०८३
  • 63
    SHARES

    काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनाको विदेश उपचारपछि बिहीबार स्वदेश फर्किएका छन् ।

    जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि लामो समयदेखि विदेशमा रहेका थिए । स्वदेश फर्किएलगत्तै उनले विशेष सन्देश जारी गर्दै देशमा राष्ट्रिय एकता सुदृढ गर्न तथा विगतका विभाजन र विद्वेषका घाउहरू निको पार्न आह्वान गरेका छन् ।

    आफू कुनै शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकतालाई बलियो बनाउने उद्देश्यले स्वदेश फर्किएको देउवाले स्पष्ट पारेका छन् ।

    देउवाले मुलुकको विद्यमान जटिल परिस्थितिको समाधानका लागि सम्पूर्ण राजनीतिक तथा लोकतान्त्रिक शक्ति एकाकार हुनुपर्नेमा जोड दिएका छन् । उनले देशमा देखिएका चुनौती समाधान गर्न राजनीतिक शक्तिबीच सहकार्य, संवाद र एकता आवश्यक रहेको बताएका छन् ।

    उनले विगतका विभाजन तथा विद्वेषबाट सिर्जित घाउहरू निको पार्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै पक्षलाई आह्वान गरेका छन् ।

    देउवालाई स्वागत गर्न नेपाली कांग्रेसका केही नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page