काठमाडौं — काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्रसँगै विद्यालयहरूमा पठनपाठन वैशाख १५ गतेबाटै सुरु गर्ने निर्णय गरेको छ।
संघीय सरकारले वैशाख २१ गतेबाट मात्र पठनपाठन सुरु गर्ने निर्णय गरे पनि महानगरले उक्त निर्णय कार्यान्वयन नगर्ने संकेत गरेको हो। महानगरको शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १५ गतेदेखि नै शैक्षिक सत्र सञ्चालनमा ल्याउन विद्यालय तथा सरोकारवालालाई निर्देशन दिएको छ।
महानगरका अनुसार सरकारको निर्देशन, काठमाडौं उपत्यकाका मेयरहरूको अनुरोध, शिक्षक–कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव र विद्यालय व्यवस्थापन समितिहरूको सुझावलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।
संघीय सरकारले भने वैशाख १५ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने र वैशाख २१ गतेबाट मात्र पठनपाठन सञ्चालन गर्ने निर्णय गर्दै स्थानीय तहहरूलाई पत्राचार गरेको थियो।

-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड