गोरखा — मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म आयोजित म्याराथन दौड प्रतियोगिता २०८३ को उपाधि तनहुँका सनम गुरुङले जितेका छन्।
जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा गुरुङले ४२.१९५ किलोमिटर दूरी २ घण्टा ५९ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्। उनले उपाधिसहित नगद ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
महिलातर्फ कास्कीकी सपना गुरुङ प्रथम भएकी छन्। उनले ४ घण्टा ५१ सेकेण्डमा दौड पूरा गर्दै ५५ हजार रुपैयाँ जितेकी हुन्।
पुरुषतर्फ कास्कीका सफल लामा दोस्रो तथा चेतनाथ चालिसे तेस्रो भएका छन्। उनीहरूले क्रमशः ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। सान्त्वना पुरस्कार पर्वतका सन्तोष परियार र गोरखाका अञ्जन पौडेलले प्राप्त गरेका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम तामाङले जानकारी दिए।
त्यसैगरी ५ किलोमिटर दौडतर्फ पुरुषमा गोरखाका सरोज गिरी र महिलामा तनहुँकी मनकुमारी लामा विजेता बनेका छन्।
गण्डकी प्रदेशका ११ जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगिता गोरखा जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण