logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

सुदूरपश्चिमेली मौलिकता बोकेको चेतन भट्टको देउडा गीत ‘नबास कोइली’ सार्वजनिक

सुदूरपश्चिमेली मौलिकता बोकेको चेतन भट्टको देउडा गीत ‘नबास कोइली’ सार्वजनिक


  • शुक्रबार, जेष्ठ १ २०८३
  • 12.5K
    SHARES

    काठमाडौं — सुदूरपश्चिमेली मौलिकता, आमा–छोराको भावनात्मक सम्बन्ध र जन्मभूमिप्रतिको मायालाई समेटिएको नयाँ देउडा गीत नबास कोइली सार्वजनिक गरिएको छ। गायक तथा सर्जक चेतन भट्टको स्वर, शब्द तथा संगीत रहेको गीतले परदेशिएको सन्तानको पीडा, आमाको माया र गाउँघरको सम्झनालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

    गीतको सङ्गीत संयोजन विनोद बाजुरालीले गरेका हुन् भने रेकर्डिङ सागर बाजुरालीले गरेका छन्। त्यसैगरी मिक्सिङ तथा मास्टरिङ खडक बाजुरालीले गरेका हुन्। गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो।

    गीतसँगै यसको भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियोका निर्माता रेणुका अवस्थी हुन् भने कथा तथा निर्देशन केशव राज भट्टले गरेका छन्। भिडियोमा चेतन भट्ट, ऋषभ भट्ट र शुमिना कार्कीको अभिनय रहेको छ। भिडियोको छायाङ्कन करण चैसिरले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन दिपक बिष्टले गरेका छन्। मेकअपमा अनिमेष जोर्डन तथा पोशाक व्यवस्थापन भ्यालेन्टिनो द बुटिकले गरेको जनाएको छ।

    ‘नबास कोइली रुड्भाडी मैइना, मुई सोराइ लागन्छी जनम्या देशकी…’ जस्ता भावुक शब्दहरूले भरिएको गीतले सुदूरपश्चिमेली लोकसंस्कृति र देउडा भाकाको मौलिक स्वादलाई उजागर गरेको दर्शक–श्रोताको प्रतिक्रिया छ।

    त्यस्तै ‘चैतका मैइना काफल पाकन्ना, इजुकी सोराइले आँसु ढलन्ना…’ लगायतका ह्दयस्पर्शी शब्दहरूले गीतलाई अझ भावुक र सशक्त बनाएको छ। गीत तथा भिडियो चेतन म्युजिक नेपालमार्फत सार्वजनिक गरिएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page