पोखरा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा दोस्रो गण्डकी लोकताराको ग्राण्ड फिनाले आगामी शनिबार पोखरामा हुने भएको छ । प्रतियोगिता पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिने आयोजकले जनाएको छ ।
ग्राण्ड फिनालेमा विभिन्न जिल्लाका अडिसनबाट छनोट भएका प्रतियोगीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगीहरूमा कास्कीका समिर पुन, पर्वतकी शोभा परियार, बागलुङकी ललिता घर्ती मगर, म्याग्दीका शक्ति छिनाल, तनहुँकी मन्दिरा थापा मगर, गोरखाका निश्चल गुरुङ, लमजुङका युगेश परियार, स्याङ्जाकी बत्ती कुमारी थापा, नवलपुरका गणेश विक, मुस्ताङकी सबिता छिनाल र मनाङकी ममता तामाङ रहेका छन् ।
कार्यवाहक सचिव टेक क्षेत्रीका अनुसार प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष, सुप्रसिद्ध लोकदोहोरी गायिका तथा सर्जक रीता थापा मगर, वरिष्ठ गायक तथा संगीतकार सुरेश अधिकारी, तथा सुप्रसिद्ध लोकदोहोरी गायक एवं सर्जकद्वय राजु परियार र पशुपति शर्मा रहनेछन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु. ५५,५५५ सहित ट्रफी, मेडल, प्रमाणपत्र तथा वरिष्ठ सर्जक रमेश बीजीको लय/शब्दमा अडियो गीत निःशुल्क रेकर्डिङ गर्ने अवसर प्राप्त गर्नेछन् । त्यसैगरी, द्वितीय हुनेले रु. ३३,३३३ सहित ट्रफी, मेडल, प्रमाणपत्र र अडियो गीत रेकर्डिङको अवसर पाउनेछन् । तृतीय हुनेले रु. २२,२२२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वना स्थान प्राप्त गर्नेले रु. ११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यसैगरी, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरूलाई तीन महिनाको निःशुल्क संगीत प्रशिक्षणको व्यवस्था गरिएको छ । साथै अन्य सबै सहभागीलाई जनही रु. ५,००० नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब रु. १० लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक समितिकी अध्यक्ष माया गुरुङले जानकारी दिइन् । प्रतियोगिताबाट करिब रु. ४ लाख बचत हुने अपेक्षा गरिएको छ । उक्त बचत रकम राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको कल्याणकारी कोषमा जम्मा गरिने अध्यक्ष गुरुङले बताइन् ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
मर्स्याङदी गाउँपालिका–८ मा विपन्न परिवारलाई कुखुराका चल्ला वितरण, आयआर्जन तथा स्वरोजगार प्रवर्द्धनमा जोड
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा