काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेको छ।
देउवा समूहले पुनरावलोकनको मुद्दा टुंगो नलागेसम्म कांग्रेसको १५औँ महाधिवेशन गर्न नमिल्ने जिकिर गर्दै पूरक निवेदन दर्ता गराएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार उक्त निवेदनमाथि भदौ ११ गतेका लागि पेशी तोकिएको छ। देउवा समूहका तर्फबाट अधिवक्ता श्रवणकुमार देवले निवेदन दर्ता गराएका हुन्।
कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि उक्त विषय अदालतमा विचाराधीन छ। यही अवस्थामा पुनरावलोकनको मुद्दा टुंगो नलाग्दासम्म १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन नमिल्ने देउवा समूहको दाबी छ।
देउवा समूहले महाधिवेशन रोक्न आवश्यक आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा पूरक निवेदन दिएको हो।
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
इन्स्पेक्टर प्रदीप सुवेदी गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी
-
कांग्रेस केन्द्रीय सदस्यमा दिपक बाबु कँडेलको दाबी, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने एजेन्डा
-
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा
-
गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन