logo

शुक्रबार, साउन २९ २०८३

kantipurpationlinetv

२०८३ साउन २९ शुक्रबार

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो नर्सिङ केयर रुम तथा डे केयर सुविधा

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो नर्सिङ केयर रुम तथा डे केयर सुविधा


  • शुक्रबार, साउन २२ २०८३
  • 49
    SHARES

    काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला कर्मचारीका लागि नर्सिङ केयर रुम तथा डे केयर सुविधा सञ्चालनमा ल्याएको छ ।

    विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट १–७) को अवसर पारेर बैंकले आफ्नो केन्द्रीय कार्यालय दरबारमार्गमा उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।

    मातृत्वलाई सम्मान गर्दै महिला कर्मचारीलाई सहज र परिवारमैत्री कार्य वातावरण उपलब्ध गराउने उद्देश्यले सुविधा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । विशेषगरी स्तनपान गराइरहेका आमाहरूले सुरक्षित, स्वच्छ, सहज तथा गोपनीय वातावरणमा शिशुको हेरचाह र स्तनपान गराउन सक्ने व्यवस्था गरिएको बैंकको भनाइ छ ।

    सुविधाको औपचारिक उद्घाटन बैंकको महालक्ष्मी महिला नेतृत्व तथा विकास मञ्चकी अध्यक्षले विशेष कार्यक्रमबीच गरेकी हुन् ।

    बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा स्थापना गरिएको महालक्ष्मी महिला नेतृत्व तथा विकास मञ्चले महिला नेतृत्व क्षमताको विकास, संस्थागत विकासमा महिलाको प्रभावकारी सहभागिता अभिवृद्धि, व्यावसायिक दक्षता तथा आत्मविश्वास वृद्धि र समान अवसर तथा समावेशी कार्यसंस्कृतिको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको बैंकले जनाएको छ ।

    मञ्चमार्फत महिला सशक्तीकरणसँग सम्बन्धित विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

    महालक्ष्मी विकास बैंकले समावेशिता र लैंगिक समानतालाई प्राथमिकतामा राख्दै आएको बताउँदै नर्सिङ केयर रुम तथा डे केयर सुविधाको स्थापनाले कर्मचारीको कार्य–जीवन सन्तुलन, स्वास्थ्य तथा कल्याण र परिवारमैत्री कार्यसंस्कृतिलाई थप मजबुत बनाउने जनाएको छ ।

    बैंकले यस अवसरमा सबै कार्यस्थललाई थप आमामैत्री वातावरण निर्माणतर्फ अग्रसर हुन आग्रह गर्दै कर्मचारीको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

    महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page