काठमाडौं । नवोदित स्कूलले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयको शैक्षिक उत्कृष्टता पुष्टि गरेको छ । विद्यालयका अनुसार, यस वर्ष SEE मा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरू उत्तीर्ण भएका छन् । जसमध्ये ८७.१ प्रतिशतले A+ ग्रेड प्राप्त गरेका छन् भने बाँकी १२.९ प्रतिशतले A ग्रेड हासिल गरेका छन् ।
विद्यालयका प्रिन्सिपल राजेन्द्र अधिकारीले नतिजालाई विद्यालयको शैक्षिक प्रयासको महत्वपूर्ण उपलब्धि भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूको अथक प्रयास, शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगकै कारण हामीले यस्तो उत्साहजनक नतिजा पाउन सफल भएका हौं। नवोदित स्कूलको स्तर अझै उचाइमा पुर्याउन प्रतिबद्ध छौं ।”
शिक्षा भनेको केवल किताबी ज्ञानमा सिमित होइन, व्यक्तित्व निर्माणको बलियो आधार हो — यही सोचका साथ अगाडि बढिरहेको छ नवोदित स्कूल । विद्यार्थी–शिक्षक सम्बन्ध, अनुशासित वातावरण, आधुनिक पठनपाठन पद्धति र समग्र विकासमा केन्द्रित नवोदित स्कूल राजधानीको एक उदाहरणीय शैक्षिक संस्था बन्दै गएको छ ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण