logo

सोमबार, चैत्र ८ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ८ सोमबार

दैनिक १० मिनेट हिँड्दा आयु बढ्ने अध्ययनको निष्कर्ष

दैनिक १० मिनेट हिँड्दा आयु बढ्ने अध्ययनको निष्कर्ष


  • बुधबार, चैत्र ३ २०८२
  • 77
    SHARES

    काठमाडौं: दैनिक केवल १० मिनेट पैदल हिँड्दा आयु वृद्धि हुन सक्ने एक अध्ययनले देखाएको छ।

    मेडिकल जर्नल जामा इन्टरनेशनल मा प्रकाशित अध्ययनअनुसार दैनिक १० मिनेट तीव्र गतिमा हिँड्दा अकाल मृत्युको जोखिम करिब ७ प्रतिशतले कम हुने पाइएको छ।

    अध्ययनले हिँड्ने समय बढ्दै जाँदा स्वास्थ्य लाभ पनि बढ्ने देखाएको छ। दैनिक २० मिनेट हिँड्दा अकाल मृत्युको जोखिम १३ प्रतिशतले घट्ने र ३० मिनेट हिँड्दा उक्त जोखिम १७ प्रतिशतसम्म कम हुने उल्लेख गरिएको छ।

    यस्तै, हार्वर्ड मेडिकल स्कूलको अर्को अध्ययनअनुसार दैनिक ३० मिनेट हिँड्दा मुटुरोगको जोखिम करिब १९ प्रतिशतले कम हुने देखिएको छ।

    जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले गरेको अध्ययनले खाना खाएपछि करिब १५ मिनेट पैदल हिँड्दा शरीर र मस्तिष्क दुवै स्वस्थ रहने जनाएको छ। साथै, यसले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न सहयोग गर्ने र टाइप–२ मधुमेहको जोखिम घटाउने पनि अध्ययनले देखाएको छ।

    समग्रमा, नियमित पैदल हिँडाइले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने निष्कर्ष अध्ययनहरूले प्रस्तुत गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech