logo

आइतबार, साउन ११ २०८२

kantipurpationlinetv

२०८२ साउन ११ आइतबार

महर्षि कलेजमा प्लस टु र स्नातक तहमा भर्ना खुल्यो

महर्षि कलेजमा प्लस टु र स्नातक तहमा भर्ना खुल्यो


  • शनिबार, साउन १० २०८२
  • 6K
    SHARES

    काठमाडौं, असार ८ — काठमाडौंको गोंगबुस्थित महर्षि कलेजले कक्षा ११ (प्लस टु) तथा स्नातक तह (Bachelor Level) मा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ। प्लस टु तहमा कलेजले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालन गर्दै आएको छ। हालै त्रिभुवन विश्वविद्यालयसँग आबद्ध भई स्नातक तहमा BBS (Bachelor of Business Studies) र BA (Bachelor of Arts) कार्यक्रम पनि सुरु गरिएको कलेज प्रशासनले जनाएको छ।

    कलेजले प्रविधिमैत्री र विद्यार्थीमैत्री शिक्षण पद्धति अनुरूप शैक्षिक वातावरण तयार गरेको दाबी गरेको छ। स्मार्ट बोर्डसहितका एसीयुक्त कक्षा कोठा, अनुभवी शिक्षक टिम र डिजिटल सामग्रीमार्फत अध्यापन हुने, ध्यान तथा योग कक्षा, स्वच्छ र सन्तुलित खानासहितको क्यान्टिन सेवा, सुरक्षित यातायात सुविधा र खेलकुदका विविध संरचना कलेजका विशेषतामा पर्छन्।

    इनडोर र आउटडोर दुवैखाले खेलहरू (जस्तै: टेबल टेनिस, पूल, चेस, फुसबल, बास्केटबल, भलिबल, क्रिकेट, फुटबल, ब्याडमिन्टन) का लागि पृथक अभ्यास स्थल रहेको कलेजले जनाएको छ।
    साइन्स संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि रसायन, भौतिकशास्त्र, जीवविज्ञान र कम्प्युटर प्रयोगशालाहरू सुसज्जित छन्। व्यवस्थापन तथा मानविकी संकायमा करिअर केन्द्रित शिक्षण, अन्तरक्रियात्मक कक्षा र सार्वजनिक सेवा तयारीको समेत व्यवस्था गरिएको छ।

    महर्षि कलेजले प्लस टु तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई MEC, Engineering, Medical, IT, Management, Law, Journalism, Psychology र Civil Services लगायत विभिन्न क्षेत्रका करिअरमा लक्षित तयारी गराइने जनाएको छ। त्यस्तै, स्नातक तहमा हालै सुरु गरिएको BBS र BA कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई उद्यमशिलता विकास, इन्टर्नसिप, करिअर काउन्सेलिङ, सार्वजनिक सेवा तयारी र व्यक्तित्व विकासतर्फ लक्षित व्यावहारिक सिकाइमा जोड दिइनेछ। स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि कलेजले उद्यमशीलता विकास, इन्टर्नसिप अवसर, व्यक्तित्व विकास र नेतृत्व सीप सम्बन्धी सहायक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

    कलेजले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नियमित र सुरक्षित यातायात सेवा सञ्चालन गरिरहेको छ। महर्षि कलेजले सहपाठ्यक्रम गतिविधिलाई पनि विशेष महत्व दिएको छ। कलेज परिसरमा फुसबल, पूल, टेबल टेनिस, चेस, क्यारमजस्ता इनडोर खेलकुद तथा फुटबल, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन र भलिबलजस्ता आउटडोर खेलहरूका लागि छुट्टै संरचना निर्माण गरिएको छ। विद्यार्थीको मानसिक सन्तुलन र ध्यान केन्द्रित गराउन कलेजमा नियमित योग तथा मेडिटेसन कक्षा सञ्चालनमा रहेको जनाइएको छ। कलेजभित्र स्वच्छ र स्वस्थकर भोजन उपलब्ध गराउने क्यान्टिन पनि सञ्चालनमा रहेको छ।

    क्याम्पस प्रमुख रमेशचन्द्र अधिकारीका अनुसार, “हामीले विद्यार्थीहरूको समग्र विकासलाई ध्यानमा राखेर शैक्षिक वातावरण तयार गरेका छौँ। केवल किताबी ज्ञानमा सीमित नरही, उनीहरूलाई व्यवहारिक जीवनका लागि सक्षम बनाउने हाम्रो लक्ष्य हो। स्मार्ट शिक्षण पद्धति, करिअर लक्षित प्रशिक्षण र सहपाठ्यक्रम गतिविधिहरूको सन्तुलित संयोजनमार्फत हामी विद्यार्थीहरूलाई भविष्यका लागि तयार पार्दैछौं।”

    कलेजका संस्थापक प्रकाशचन्द्र दवाडीले भने, “महर्षि कलेजको स्थापना शिक्षालाई मात्र होइन, नैतिकता, अनुशासन र नेतृत्व विकासलाई जोड दिँदै गरिएको हो। हामी विद्यार्थीलाई प्रतिस्पर्धात्मक वातावरणमा टिक्न सक्ने बनाउने शिक्षा दिन चाहन्छौं। शैक्षिक गुणस्तर, प्रविधिको उपयोग, र मूल्यमा आधारित संस्कार हाम्रो पहिचान बन्न सकोस् भन्ने चाहना छ।”

    प्रिन्सिपल निर्मल पौडेलले भने, “विद्यार्थीको क्षमता पहिचान गर्दै उनीहरूको रुचि र आवश्यकताअनुसार शिक्षण विधि प्रयोग गर्नु हाम्रो प्राथमिकता हो। महर्षि कलेजमा हामी विद्यार्थीलाई आत्मविश्वासी, जिम्मेवार र सिर्जनशील बनाउने खालको शिक्षामा केन्द्रित छौँ। शैक्षिक उत्कृष्टतासँगै व्यक्तिगत विकासलाई पनि समान महत्व दिइन्छ।”

    भर्ना तथा थप जानकारीका लागि इच्छुक विद्यार्थी तथा अभिभावकले कलेजको वेबसाइट www.maharshi.edu.np वा फोन नम्बर ०१–४९७७९७१, ४९७८९७१ र ९८५१०१४९२० मा सम्पर्क गर्न सक्ने बताइएको छ। कलेजको इमेल ठेगाना maharshicollege75@gmail.com र info@maharshi.edu.np रहेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech