logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल, विकास आयोजना र स्थानीय समस्याबारे ध्यानाकर्षण

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल, विकास आयोजना र स्थानीय समस्याबारे ध्यानाकर्षण


  • मंगलबार, साउन १९ २०८३
  • 0.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने आफ्ना पार्टीका सांसदहरूसँग छलफल गरेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सांसदहरूले सरकारका सुशासनसम्बन्धी कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    भेटका क्रममा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विकास आयोजना, स्थानीय समस्या, सुदूरपश्चिमको समग्र राजनीतिक अवस्था तथा विकासका सम्भावनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

    उनीहरूले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना लगायतका विषयमा आवश्यक पहल गर्न आग्रह गरेका छन्।

    यस्तै, भन्सार व्यवस्थापन, आरक्षपीडितका समस्या, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटान नियन्त्रणका विषय पनि छलफलमा उठाइएको थियो।

    छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page