गोरखा । गोरखा नगरपालिका–९ मा अवस्थित श्री महालक्ष्मी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को कक्षा ८ नगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट नियमित तथा ग्रेडवृद्धि तर्फका गरी सहभागी भएका सबै ८१ जना विद्यार्थी उत्तीर्ण भएसँगै विद्यालयले १०० प्रतिशत नतिजा प्राप्त गरेको हो।
विद्यालयका प्रधानाध्यापक टेकबहादुर उपरकोटीका अनुसार नतिजामा ३ जना विद्यार्थीले ४.० जीपीए प्राप्त गर्दै ए प्लस ग्रेड हासिल गरेका छन्। त्यस्तै ३.६१ देखि ३.९९ जीपीए ल्याउने ९ जना विद्यार्थी, ३.२१ देखि ३.६ जीपीए प्राप्त गर्ने २६ जना विद्यार्थी (ए ग्रेड) तथा २.८१ देखि ३.२ जीपीए ल्याउने ४३ जना विद्यार्थी (बी प्लस ग्रेड) रहेका छन्। प्रधानाध्यापक उपरकोटीले विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त मेहनतका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय शिक्षामा जोड दिइने उल्लेख गरे।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव केसीले विद्यालयले शैक्षिक उपलब्धिसँगै पूर्वाधार तथा सेवा विस्तारमा निरन्तर काम गरिरहेको बताउँदै विद्यार्थीको रोजाइमा विद्यालय पर्नु गौरवको विषय भएको प्रतिक्रिया दिए।
विद्यालय परिवारले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ। गोरखा जिल्लाका सामुदायिक विद्यालयहरूमध्ये सबैभन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। हालै करिब डेढ सय नयाँ विद्यार्थी भर्ना भएका छन् भने विभिन्न कक्षामा भर्ना हुने क्रम जारी रहेको छ।
अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको यस विद्यालयले कक्षा १२ सम्म अध्यापन गराउँदै आएको छ। साथै, विद्यार्थीको सहजताका लागि विद्यालयले स्कुल बस सेवा समेत सञ्चालन गर्दै आएको छ। विद्यालयले यस वर्ष स्वर्ण महोत्सव मनाउने तयारीसमेत गरिरहेको जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण