काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।
नेपालमा सिंह नै नभएकाले ‘सिंहदरबार’ नाम उपयुक्त नभएको तर्क गर्दै उनले यसको नाम ‘अनामनगर दरबार’ राख्न सुझाव दिएका हुन्।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि विभिन्न स्थान तथा संस्थाका नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम भने परिवर्तन हुन नसकेको बताए। नाम परिवर्तनसँगै सिंहदरबारसँग जोडिएको पुरानो सत्ता संस्कार र मानसिकता पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
‘परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दैगर्दा त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला। हामीसँग सिंह नै छैन, त्यसको नाम चाहिँ सिंहदरबार नै छ। र त्यसको केही हाउभाउ, भावभङ्गीहरू त्यो भाषा जस्तै छ। त्यो चिर्न पर्ने छ,’ उनले भने।
ढकालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि शासन सञ्चालनको शैली र सोचमा आवश्यक परिवर्तन आउन नसकेकोतर्फ संकेत गर्दै पुरानो सत्ता संस्कारबाट मुक्त हुनुपर्ने बताए।
कार्यक्रममा उनले मुलुकको वर्तमान अवस्था र सुशासनबारे पनि धारणा राखेका थिए। देश एकैपटक समृद्ध बन्न नसक्ने र सुशासन पनि रातारात स्थापित नहुने भन्दै उनले त्यसका लागि निरन्तर प्रयास र सुधार आवश्यक रहेको बताए।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
कक्षा १२ सम्मका विद्यार्थीलाई हिमालयन कम्युनिटी प्रोजेक्टको नि:शुल्क हाइकिङ