काठमान्डौ , नेपाली हिन्दु नारीहरुको महान चाढ हरितालिका तिज आउन अब २ महिना र १० दिन बाँकी छ । तिजलाई लक्षित गरेर धमाधम तिजका गितहरु छायाँकन भई रहेका छन । हरेक बर्ष तिज भड्कीलो बन्दै गएको छ । बिशेष गरि गित संगीत क्षेत्रमा तिज संगै बिकृति र बिषङगती भित्रीदै गएका छन् । सामाजीक मुल्यमान्यता बिपरित कलाकारहरुले गीत संगीतलाई प्रयोग गर्न थाले पछि पछिल्लो समय विभिन्न संस्थाहरुले निगरानी बढाएका छन् । अघिल्लो बर्षपनि तिजका गितलाई जथाभाबी प्रयोग गरियो । तर, पटक विभिन्न संस्थाले गित छायाँकन हुदा देखिनै बिकृति र बिसङगती बिरुद्ध खबरदारी र चेतावनी जारी गरेका छन् । लोक परम्परालाई भुलेर पाश्चात्य संस्कृतिलाई अबलम्बन गर्ने परिपाटीको अन्तय गर्न लोक सञ्चारकर्मी लगायत गीत संगीत क्षेत्रमा काम गर्दै आएका संस्थाले खबरदारी गरेका छन । सस्थाका सचिब कमल सरगमले जारि गरेको उक्त बिज्ञप्तिमा अग्रीम रुपमै बिकृतिजन्य गीतमा बन्देज लगाउने चेतावनी दिईएको छ।
तिज लक्षित सयौँ सृजना सार्वजनिक हुने विषयलाई ध्यानमा राख्दै सर्जक तथा गायक गायिकालाई विकृतिजन्य गीत रेकर्ड नगर्न, नगाउन र सार्वजनिक नगर्न संस्थाल्े ध्यानाकर्षण गराएको छ । तीज गीतमा विकृति, भड्किलोपन, अश्लीलता वा तीज पर्वको मूल भावनालाई नै अपमान गर्ने खालका सिर्जनाहरू आएका खण्डमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संस्थामा आबद्ध सञ्चारकर्मी कार्यरत मिडिया हाउसमा उक्त गीत, सम्बन्धित सामग्री प्रकाशन तथा प्रसारणमा प्रतिबन्ध लगाउने र देशव्यापी आम सञ्चारको माध्यममा प्रकाशन तथा प्रसारणमा प्रतिबन्ध लगाउने समेत लोकसञ्चारकर्मीले चेतावनी दिएको छ ।
लोक सञ्चारकमी नेपालले एक बिज्ञप्ती जारी गर्दै तिजलाई सब्य र भब्य रुपमा मनाउन साथै संस्कृति बचाउने र भाबी पुस्ताका लागी अमिट छाड्न आग्रह गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल लोक, कला, संस्कृति र साहित्यको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा लागेका सञ्चारकर्मीको छाता संस्था भएकाले सोही अनुरूप लोक संस्कृतिको संरक्षणका लागि सञ्चार पहरेदारको भूमिका निर्वाह गर्दै आएको विषय सर्वविदितै छ । सोही सन्दर्भमा लोक कला संस्कृति सँग जोडिने पर्व विशेषका गीत सङ्गीतमा देखिएका विकृति न्यूनीकरणमा काम गर्दै आएको ब्यहोरा अवगत गराउँदै विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि महिला दिदीवहिनीहरुको महान पर्व तिज लक्षित सयौँ सृजना सार्वजनिक हुने विषयलाई ध्यानमा राख्दै सर्जक तथा गायक गायिकालाई विकृतिजन्य गीत रेकर्ड नगर्न, नगाउन र सार्वजनिक नगर्न ध्यानाकर्षण गराउँछौ ।

तीज गीतमा विकृति, भड्किलोपन, अश्लीलता वा तीज पर्वको मूल भावनालाई नै अपमान गर्ने खालका सिर्जनाहरू आएका खण्डमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संस्थामा आबद्ध सञ्चारकर्मी कार्यरत मिडिया हाउसमा उक्त गीत, सम्बन्धित सामग्री प्रकाशन तथा प्रसारणमा प्रतिबन्ध लगाउने र देशव्यापी आम सञ्चारको माध्यममा प्रकाशन तथा प्रसारणमा रोक लगाउन आग्रह गर्ने विषय सरोकारावालाहरु माझ सूचित गराइन्छ ।
लोक कला संस्कृति सबैको साझा सम्पत्ति भएकाले त्यसको संरक्षण हरेक नेपाली नागरिकको दायित्व भएकाले प्रकाशनमा ल्याइने तिज पर्व लक्षित गीतहरूमा सर्जक, कलाकार, कम्पनीहरूले स्वसेन्सर गरी सार्वजनिक गरिदिनुहुन र सकेसम्म असार १५ पछि मात्रै गीति सृजना प्रकाशन गर्नका लागि पनि सम्बन्धित सबैमा आग्रह गर्दछौ । यस विज्ञप्तिमार्फत हामी सबै सर्जक, सङ्गीतकर्मी र सञ्चारकर्मी साथीहरूलाई नेपाली समाजको संस्कृति र संस्कार जोगाउनेतर्फ उत्तरदायी भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौँ। लोक सञ्चारकर्मीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
-
नारेश्वर विकास समाज, गोरखाको अध्यक्षमा लव कुमार भट्ट
-
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्ष र सचिवमा क्रमश अनिता कुमारी घिमिरे र सन्जय पोखरेल
-
‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्याली
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ का मनोनयन सार्वजनिक
-
वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित