काठमाडौं । हरितालिका तीज नजिकिएसँगै नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा चर्चित गायिका निशा सुनारको नयाँ तीज गीत ‘झ्याप छौ की साइलो दाइ’ सार्वजनिक भएको छ ।
सार्वजनिक भएको दुई दिनमै लाखौं दर्शकको ध्यान तान्न सफल गीतमा प्रेमिल भावलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । तीजको माहोललाई लक्षित गरिएको गीतको भिडियो पनि कलात्मक ढंगले तयार पारिएको छ ।
गीतमा निशा सुनार र गायक तथा संगीतकार खेम सेञ्चुरीको स्वर रहेको छ । वरिष्ठ गीतकार रमेश बिजीको शब्द रहेको गीतमा खेम सेञ्चुरीकै संगीत तथा थेगो छ ।
गीतको भिडियो सुनिल बिकले निर्देशन गरेका छन् । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोमा अनिल के. मानन्धरको छायांकन, प्रविन भट्टको सम्पादन तथा राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।
भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल उषा उप्रेती मुख्य भूमिकामा देखिएका छन् । प्रेम र तीजको रमाइलो वातावरणलाई केन्द्रमा राखिएको भिडियोले गीतको भावलाई थप आकर्षक बनाएको छ ।
सार्वजनिक भएको छोटो समयमै गीतले पाएको दर्शकको प्रतिक्रियाले ‘झ्याप छौ की साइलो दाइ’ यस वर्षको तीजमा रुचाइएको गीत बन्ने संकेत गरेको छ ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने