काठमाडौँ । खैंजडी भजन गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका तथा सर्जक उमा बिडारीको नयाँ तीज गीत ‘म कस्ती देखिए’ सार्वजनिक भएको छ । हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा नेपाली महिलाका भावना, संस्कार, मौलिकता र सांस्कृतिक पक्षलाई समेटिएको छ ।
उमा बिडारीकै शब्द, संगीत र स्वर रहेको गीतमा तीज पर्वसँग जोडिएका महिलाका रहर, चाहना, उत्साह, उमंग तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रस्तुत गरिएको छ । गीतको म्युजिक भिडियोमा गायिका बिडारीका छोरीहरूको समेत अभिनय देख्न सकिन्छ ।
गीतको संगीत संयोजन सबिर कार्कीले गरेका छन् भने अडियो रेकर्डिङ अभि शर्माले गरेका हुन् । मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् । गीत हुरी स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीत निर्माणमा दिपा खनाल, सरु न्यौपाने र वर्षा भण्डारीको विशेष सहयोग रहेको निर्माण पक्षले जनाएको छ । तीजको सांस्कृतिक परिवेश र नारीका भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यले गीतको शब्द, संगीत र प्रस्तुतिलाई संयोजन गरिएको बताइएको छ ।
‘म कस्ती देखिए’को भिडियो निर्देशन, कोरियोग्राफी तथा छायांकन टेक राज पोखरेलले गरेका हुन् । भिडियो निर्माणमा कोहिनुर मिडिया हब प्रालि आबद्ध रहेको छ । भिडियोमा तीजको सांस्कृतिक माहोल, नेपाली मौलिक पहिरन तथा मौलिक नृत्यलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ ।
परम्परागत तीज गीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताले समेत रुचाउने शैलीमा गीत तयार गरिएको निर्माण पक्षको भनाइ छ । दिदीबहिनीका रहर, चाहना र भावनालाई केन्द्रमा राखिएकाले ‘म कस्ती देखिए’ले यस वर्षको तीजमा दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।
गायिका उमा बिडारीले गीतको भिडियो हेरेर लाइक, सेयर तथा कमेन्टमार्फत साथ दिन दर्शक–श्रोतासँग आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मेहनत र लगानी गरेर सिर्जना गर्ने कलाकारलाई दर्शकको सानो समर्थनले समेत ठूलो हौसला मिल्ने बताएकी छन् ।
तीजको सांस्कृतिक मौलिकता र नेपाली नारीका भावनालाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको ‘म कस्ती देखिए’ यस वर्ष सार्वजनिक भएका तीज गीतमध्ये चर्चामा आउने अपेक्षा गरिएको छ ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने